माछा मार्न जाँदा नदीले बगाएर मृत्यु

जेष्ठ ११, २०८२

नारायण शर्मा

He died after being swept away by the river while fishing

नवलपरासी — नारायणी नदीमा माछा मार्न गएका गैँडाकोट नगरपालिका-७ का ४० वर्षीय यमलाल दराई मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार शुक्रबार राति दुई जना साथीसँग गैडाकोटको थुम्सीस्थित नारायणी नदीमा माछा मार्न गएका दराई नदीले बगाएर बेपत्ता भएका थिए।

उनको खोजी गर्ने क्रममा आइतबार बिहान मृत अवस्थामा थुम्सी नजिकै नारायणी किनारमा शव फेला परेको हो । निवासी दरै ४० वर्षका थिए । शब पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको प्रहरीले जनायो ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully