गोरखा — करेन्ट लगाएर भिमसेन थापा गाउँपालिका–४ धावाचौताराका ७० वर्षीय बलराम बिकको मृत्यु भएको छ ।
बुधबार दिउँसो बाख्रा चराउन गएका बिक हाइटेन्सन लाइनको पोलमा सपोर्ट राखिएको (स्ट्यान्ड) तारमा छुन पुग्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
