गैंडाकोटमा बस र माइक्रो जुध्दा नौ जना घाइते

जेष्ठ ६, २०८२

नारायण शर्मा

Nine people were injured in a collision between a bus and a micro in Ghandakot

नवलपरासी — गैंडाकोटमा बस र माइक्रो ठोक्किँदा नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरुलाई उद्धार गरेर चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ ।

काठमाडौंबाट भैरहवा जाँदै गरेको बस र बुटवलबाट नारायणगढ जाँदै गरेको माइक्रो मंगलबार दिउँसो आपसमा जुधेको हो ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।  

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully