गोरखा — दुईवटा चोरीको मोटरसाइकलसहित अजिरकोट गाउँपालिका–४ माउसुलीका सञ्जीव तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले मोटरसाइकल चोरी गरी लुकाइछिपाई राखेर बिक्री गर्ने सूचनाका आधारमा प्रहरीले शुक्रबार उनको घरमा खनतलासी गरेको थियो । सो क्रममा १५० सीसी र दुई सय २० सीसीको पल्सर मोटरसाइकल भेटिएको प्रहरीले जनाएको छ ।
आइतबार जिल्ला अदालत गोरखाबाट म्याद थप अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको डीएसपी इन्द्र प्रसाद सुवेदीले बताए ।
