खोलामा डुबेर एकको मृत्यु

जेष्ठ ४, २०८२

हरिराम उप्रेती

One died after drowning in the river

गोरखा — नुहाउने क्रममा खोलामा डुबेर सुनसरी घर भई सहिद लखन गाउँपालिका–७ बस्ने सुमन मगरको मृत्यु भएको छ ।

आइतबार सहिद लखन–७ बेलबोटेस्थित जुग्दी खोलामा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully