कास्की — पोखरामा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्। पोखरा महानगरपालिका–२२ शान्ति स्तूप नजिकै मोडमा बुधबार दिउँसो करिब १ बजे ग १ ख ३८८६ नम्बरको बस पल्टिएको हो।
दुर्घटनामा २४ जना घाइते भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । दुर्घटनामा २० जना सामान्य घाइते भएका छन् भने बाँकी ४ जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्।
उक्त बस रिजर्भ रहेको र त्यसमा भारतीय पर्यटक सवार रहेको स्थानीयले जानकारी दिएका छन्। प्रहरीले घाइतेहरूको विवरण संकलन गरिरहेको छ।
