गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ

वैशाख २७, २०८२

हरिराम उप्रेती

President of Gorkha Chamber of Commerce

गोरखा — गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा रामस्वरुप श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

वरिष्ठ उपाध्यक्षमा शिबुबाबु प्रधान, उपाध्यक्षमा विष्णुबहादुर राना मगर र सुमेन्द्र श्रेष्ठ, महासचिवमा अशोकबाबु राना, कोषाध्यक्षमा विशाल राना मगर, सचिवमा ज्ञानु अधिकारी अर्याल र सहकोषाध्यक्षमा अञ्जन खत्री निर्वाचित भएका छन् ।

सदस्यहरुमा गणेशबाबु श्रेष्ठ, विनोदबाबु अर्याल, सीता श्रेष्ठ, सूर्यमाया श्रेष्ठ, नोखबहादुर बोगटी, सुजन गर्तौला, अरविन्दकुमार गुप्ता, ज्ञानेन्द्र श्रेष्ठ, भाइकाजी आले, कृष्ण ढकाल, रमेश थापा, सुरेन्द्र बस्नेत, गोकर्णबहादुर राना मगर, सुस्मिता घले, कृष्णप्रसाद लामिछाने र ज्ञानहरि अर्याल निर्वाचित भएका छन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully