दरौदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता

वैशाख २६, २०८२

हरिराम उप्रेती

One person went missing while swimming in Daroodi

गोरखा — दरौदी नदीमा पौडी खेल्ने क्रममा बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुष गुरुङ बेपत्ता बनेका छन् । 

शुक्रबार गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदीमा पौडी खेल्ने क्रममा नदीमा डुबी बेपत्ता भएका छन् । युवक नदीमा बेपत्ता बनेको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयहरुबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully