दरौदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत भेटिए

वैशाख २६, २०८२

हरिराम उप्रेती

A missing young man was found dead while swimming in Daroudi

गोरखा — गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत भेटिएका छन् । 

शुक्रबार पौडी खेल्ने क्रममा बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुष गुरुङ डुवेर वेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयहरुले खोजी गर्दा साँझ डुवेको स्थानको पानीको रहमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully