‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

वैशाख २४, २०८२

रासस

16,000 benefited from 'Ek Ghar, Ek Dhara' programme

गण्डकी — कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ ।

१६ हजार जनसङ्ख्या रहेको उक्त पालिकामा सङ्घ र प्रदेशका साथै  अन्य सामाजिक सङ्घसंस्थाको सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए । 

गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ । पालिकामा हालसम्म आठवटा मुहान दर्ता भएका उनले बताए ।

रासस

Link copied successfully