रुखबाट लडेर एक जनाको मृत्यु

वैशाख २२, २०८२

हरिराम उप्रेती

One person died after falling from a tree

गाेरखा — रुखबाट लडेर भिमसेन थापा गाउँपालिका–७ सिमलटारका ५० वर्षीय रामबहादुर कुमालको मृत्यु भएको छ ।

शनिबार घर नजिकै रहेको समीको रुखमा घास काट्ने क्रममा उनी लडेर घाइते बनेका थिए । 

घाइते कुमालको गोरखा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चितवन लैजाने क्रममा आइतबार बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक किरण घिमिरेले बताए । 

घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully