सहकारीको रकम चोरी

वैशाख १४, २०८२

हरिराम उप्रेती

Theft of co-operative funds

गोरखा — बारपाक सुलिकोट गाउँपालिका–५ थाले गाउँमा रहेको पिपलबोट सहकारी संस्था लिमिटेडबाट दुई लाख १५ हजार सात सय ४६ रुपैयाँ चोरी भएको छ ।

शनिबार राति सहकारी संस्थाको कार्यालयको ताला फोडी सेफभित्र रहेको उक्त रकम चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । 

चोरी गरेको सूचनापछि जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी निरिक्षक शर्माको नेतृत्वमा आइतबार अनुसन्धान टोली घटनास्थल पठाएर थप अनुसन्धान गरिरहेको छ । चोरी गर्नेको पहिचान हुन नसकेको र खोजि भइरहेको पनि प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully