गोरखा — आइतबार साँझ चट्याङ लागेर तीन जना घाइते भएका छन् । शहिद लखन गाउँपालिका–१ वक्राङका ४३ वर्षीय राजु खनाल घरमा बसिरहेको अवस्थामा चट्याङले लाग्दा बेहोस भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मनकामनाबाट प्रहरी टोली घटनास्थलमा खटिएको र खनाललाई उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।
आइतबार साँझकै चट्याङले पालुङटार नगरपालिका–७ का ५० वर्षीय सुकमाया आले र उनको बुहारी विपना आले घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल चितवन पठाइएको प्रहरीले जनाएको छ ।
