वैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा

वैशाख ८, २०८२

हरिराम उप्रेती

Public holiday on 12th Baisakh in Barpak Sulikot

गोरखा — २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पमा दिवंगत हुने नागरिकको सम्मान र सम्झनामा शुक्रबार(वैशाख १२ गते) बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गाउँपालिका भित्रका सरकारी कार्यालय, विद्यालय तथा गैरसरकारी कार्यालयलाई सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ । 

वैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिका–१ स्थित हिमालय माध्यमिक विद्यालय परिसरमा श्रद्धाञ्जली कार्यक्रम, भूकम्प सम्बन्धी तस्बिर प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रमको पनि आयोजना गरिएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully