प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

Fake examinees participating in police constable exam arrested

कास्की — प्रहरी जवान (जनपद)को लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेकी छन् । शनिबार लोक सेवा आयोग पोखराको परीक्षा भवनमा सञ्चालित परीक्षामा सहभागी धनकुटा पाख्रीबास नगरपालिका–५ की १९ वर्षीय ज्ञानुता विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

उनले आरतीकुमारी मण्डलको नाममा परीक्षा दिएकी थिइन् । उक्त सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदाम कास्कीको टोलीले परीक्षा दिइरहेकै अवस्थामा ज्ञानुतालाई पक्राउ गरेको हो । 

उनलाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी कसूरमा आइतबार सात दिन म्याद थप गरेर अनुसन्धान सुरू गरिएको छ । 

कान्तिपुर

Link copied successfully