गोरखा — गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको वा ८८ प ९७६२ नम्बरको मोटसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक केशव पाण्डेको मृत्यु भएको हो ।
गोरखा अस्पतालमा उपचारको क्रममा भीमसेन थापा गाउँपालिका-६ का २४ वर्षीय केशवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले बताए ।
दुर्घटनामा घाइते भएका रविन पाण्डेलाई भने थप उपचारका लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
