बुढीगण्डकीमा बेपत्ता बालक ८ दिनपछि मृत भेटिए

चैत्र ३१, २०८१

हरिराम उप्रेती

The missing child in Budhigandaki was found dead after 8 days

गोरखा — पौडी खेल्ने क्रममा गत चैत २३ गते बुढीगण्डकी नदीमा बेपत्ता बनेका गण्डकी गाउँपालिका–८ का १२ वर्षीय निकेश नेपाली मृत भेटिएका छन् ।

खोजतलासका क्रममा गण्डकी गाउँपालिका–७ तीनभंगालस्थित त्रिशूली नदी किनारमा सडेगलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । 

प्रहरी चौकी घ्याल्चोक र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान गरेर शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, धादिङ पठाइएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully