तनहुँ — जिल्लाको बन्दिपुर गाउँपालिका-२ कामीडाँडामा चितुवाको आक्रमणबाट शुक्रबार साँझ १० वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमृत विककी छोरी अनुजा विक रहेको प्रहरीले जनाएको छ ।
फुपु दिदीको घर जाँदै गरेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।
बालिका धेरै बेरसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गर्दा घरबाट करिब ८ सय मिटर टाढा जंगलमा घाँटी र दाइने तिग्रा नभएको अवस्थामा बालिकाको शव भेटिएको थियो ।
उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २०७४ फागुन महिनाबाट भानु नगरपालिकाकफ वडा नम्बर १, २, ३, ४ र ५ बाट सुरू भएको चितुवा आतंक पछिल्लो समय बन्दिपुर, आँबुखैरेनी, व्यास र शुक्लागण्डकीमा देखा परेको छ ।
