दल्दलेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

चैत्र २९, २०८१

नारायण शर्मा

3 people injured when a bus hit a motorcycle in Daldale

नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दल्दलेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् ।

प्रहरी चौकी दल्दलेका अनुसार नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिएको हो ।

शुक्रबार बिहान पौने १० बजे भएको दुर्घटनामा घाइतेको स्थानीय देवचुली अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा यात्रारत दुई जना र बसका सहचालक घाइते भएका हुन् ।

दुर्घटना कुल एण्ड एलेन पेट्रोल पम्पअघि भएको स्थानीय दुर्गा भण्डारीले टेलिफोनमा जानकारी दिए । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully