गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृत्यु

चैत्र २८, २०८१

घनश्याम खड्का

Worker dies after being crushed while repairing vehicle

म्याग्दी — धवलागिरी गाउँपालिका-७ उत्तिसेमा सडक छेउमा पार्किङ गरेको बोलेरो जिप मर्मत गर्ने क्रममा किचिएर एक जना मजदुरको मृत्यु भएको छ । 

धवलागिरीको ताकम–मुना ग्रामीण सडकमा चल्ने ग १ ज ७०४९ नम्बरको जिप मर्मत गर्ने क्रममा दिउँसो अन्दाजी २ बजे गाडी पछि सरेर किच्दा सोही वडा ३ मुनाका २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

ताकमबाट मुनातर्फ जाँदै गरेको जिप बिग्रेको थियो ।पछिल्लो एउटा टायर खोली काम गर्ने क्रममा एक्कासि जिप पछि सर्दा  शेरपञ्जालाई किचेको थियो ।

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully