सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

चैत्र २८, २०८१

हरिराम उप्रेती

Absconding defendant arrested in vehicular manslaughter case

काठमाडौँ — सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट १ वर्ष १० महिना २२ दिन कैद तोकिएका पालुङटार नगरपालिका–१ का ३६ वर्षीय कुमारबाबु नेपालीलाई प्रहरीले पक्राउ गरेको  छ ।

बुधबार पक्राउ परेका नेपालीलाई बिहीबार कैद असुल उपरका लागि जिल्ला अदालत पेस गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । 

जिल्ला अदालतको आदेशअनुसार उनलाई कैद भक्तानका लागि जिल्ला कारागार पठाइएको छ । कैद र जरिवाना तोकिई फरार रहेका प्रतिवादी पक्राउका लागि विशेष टोली गठन गरी परिचालन गरिएको जिल्ला प्रहररी कार्यालय गोरखाले जनाएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully