नवलपरासी — गैंडाकोटस्थित नारायणी नदीमा मंगलबारदेखि बेपत्ता भएका दुई बालिका अझै फेला परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गैंडाकोटस्थित ब्रिटिस क्याम्प नजिकबाट नारायणीमा बेपत्ता भएका थिए । १३ वर्षीया दिक्षा शेर्पुन्ज र ९ वर्षीया स्वप्नील शेर्पुन्ज मंगलबार साँझ नारायणी नदीमा बेपत्ता भएका हुन् ।
सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित खोजी कार्य जारी छ । दुवै बालिका हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
गोताखोर, प्रहरी, स्थानीय र बोटेमाझीको टोलीसहित आज बिहानैदेखि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । आफ्नी हजुरआमासँग नदीकिनारमा गएका उनीहरु मंगलबार साँझबाट नदीमा डुबेर बेपत्ता भएका हुन् ।
