नारायणीमा डुबेर दिदीभाइ बेपत्ता 

चैत्र २६, २०८१

नवीन पौडेल

Missing sisters after drowning in Narayani

परासी — पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता भएका छ्न् । गैंडाकोट नगरपालिका-१ का नौ वर्षका स्वप्निल शेरपुन्जा र १३ वर्षीया दीक्षा शेरपुन्जा नदीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालका अनुसार हजुरआमा सङ नदी किनारमा खेल्न गएका उनीहरु चप्पल नदीमा बगेपछि समाउन जाँदा बगेर बेपत्ता भएका हुन् । 

बेपत्ताको खोजी भइरहेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully