पौडी खेल्ने क्रममा बुढीगण्डकीमा डुबेर किशोर बेपत्ता

चैत्र २४, २०८१

हरिराम उप्रेती

Teenager goes missing after drowning in Budhigandaki while swimming

गोरखा — बुढीगण्डकी नदीमा डुबेर गण्डकी गाउँपालिका–८ वसेरीका १९ वर्षीय निकेश नेपाली बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा डुबेर बेपक्ता बनेका बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

बालक डुबेर बेपक्ता बनेको सूचना परिवारका सदस्यले प्रहरी चौकी घ्याल्चोकमा गराएका थिए । 

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालय तथा स्थानीयय सहितको संयुत्त टोलीले बालकको खोजी गरिरहेको उनले बताए । शनिबार बेपत्ता वनेका बालकको आइतबार साँझसम्म फेला पार्न नसकिएको पनि प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully