परासी — पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ तामाङ टोलमा आगलागी हुँदा स्थानीय नवीन पुनको घर र बस्तुभाउ जलेको छ । पुनको जस्तापाताले छाएको दुई तले घरको धनसारमा आगलागी हुँदा तीन वटा बाख्रा, दुई वटा भैँसी जलेर मरेको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा क्षति पुगेको छ।
घरको धनसारमा आगलागी भएपछि स्थानीय, प्रहरी र गाउँपालिकाको पानीको ट्याङ्कीको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
