एक बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो

चैत्र २१, २०८१

रासस

More than 68 lakhs was collected for the treatment of a girl

बागलुङ — बागलुङ नगरपालिका–७ निवासी चार वर्षीया बालिकाको उपचारका लागि ६८ लाख ८६ हजार सङ्कलन भएको छ । स्थानीय चार वर्षीया बालिका शुभेच्छा खत्रीको उपचारका लागि रकम सङ्कलन भएको परिवारले जनाएको छ । 

‘मिर्गी’ नामक रोग लागेपछि ती बालिकाको हाल भारतको गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको भन्दै गत फागुन २० गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएपछि सहयोग अभियान सुरु भएको थियो । यही चैत १९ गते अभियान बन्द गरिएको छ । 

५० लाख सङ्कलन गर्ने उद्देश्य राखिएकामा यस अवधिमा ६८ लाख ८६ हजार सङ्कलन भएकाले अभियानलाई बन्द गरिएको बालिकाका बुबा सागर खत्रीले जानकारी दिए। बालिकाको उपचारमा परिवारले ५० लाख खर्च गरिसकेपछि आर्थिक अभाव भएकाले सहयोग अभियान थालिएको उनले बताए।

अभियानको एक महिनामै देश विदेशमा रहेका आमनेपालीबाट लक्ष्यभन्दा बढी रकम सङ्कलन भएको खत्रीले बताए।  

रासस

Link copied successfully