म्याग्दी — राजावादीहरु संगठित रुपमा गणतन्त्रविरुद्ध गतिविधि बढाउन थालेसँगै एमालले प्रतिगमनको प्रतिरोध गर्न जागरण अभियान सुरु गरेको छ ।
चैत १५ गते राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी, लुटपाटको विरोध गर्दै एमालेले प्रदर्शन गरेको हो । एमाले म्याग्दीको पार्टी कार्यालय हाँडेभीरबाट सयौं कार्यकर्ता भेला भई मोटरसाइकल र्याली सुरु गरे । मंगलाघाट, न्युरोड, अस्पतालचोक हुँदै गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुँदै वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई एमाले पोलिटब्युरो सदस्य थममाया थापा, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भेपेन्द्रबहादुर थापाले सम्बोधन गर्दै राजतन्त्र पुनः फर्कन असम्भव भएको भन्दै गणतन्त्रविरुद्धका सबै गतिविधिको सक्रिय प्रतिकार गर्न आग्रह गरे ।
