१ सय ३९ वृद्धवृद्धाको मोतियाबिन्दुको शल्यक्रिया

चैत्र १७, २०८१

नारायण शर्मा

Cataract surgery in 139 elderly patients

नवलपरासी — मध्यबिन्दु नगर अस्पतालमा १ सय ३९ वृद्धवृद्धाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सम्पन्न भएको छ ।

रोटरी क्लब अफ कावासोतीको संयोजनमा तिलगंगा आँखा अस्पतालका चिकित्सकहरूले मध्यबिन्दु नगरपालिकाको नगर अस्पतालमा आँखाको शल्यक्रिया गरेका हुन् ।

रोटरीयन शागर पोख्रेलका अनुसार, शिविरमा सहभागी अधिकांश विपन्न र वृद्धवृद्धा थिए र उनीहरूको निःशुल्क आँखाको परीक्षण र शल्यक्रिया गरिएको हो । ४ महिना अगाडि कावासोतीमा करिब २ सय जनाको मोतियाबिन्दु शल्यक्रिया नि:शुल्क गरिएको थियो ।

Cataract surgery in 139 elderly patients

रोटरी क्लब अफ कावासोतीले विपन्न समुदायमा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully