लमजुङमा वडाध्यक्षसहित ३ जना पक्राउ

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

3 people including ward president arrested in Lamjung

लमजुङ — लमजुङ प्रहरीले एकजना वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा बेंसीसहर नगरपालिका ९ का वडाध्यक्ष खुशीजङ गुरुङ, बेंसीसहर-८ का विशाल अधिकारी र मोहन तामाङ रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराले प्रहरीले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको र उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको बताए । प्रहरी स्रोतका अनुसार उनीहरु स्वयम् प्रहरी कार्यालयमा पुगेकोमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अभद्र व्यवहार गर्न नहुने कसुरमा गत फागुन २५ गते मुद्दा दर्ता भएपछि उनीहरु फरार भएका थिए । उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको डीएसपी बोहराले बताए ।

अध्यक्ष गुरुङविरुद्ध गत वर्ष पनि अभद्र व्यवहार कसुरमा मुद्दा परेको थियो ।

कान्तिपुर

Link copied successfully