नवलपुर — पूर्वी नवलपरासीको गैंडाकोटस्थित जनमुखी आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका विशेष थापा सर्वसम्मत चयन भएका छन् । उनको नेतृत्वमा ११ सदस्यीय समिति नै सर्वसम्मत छानिएको हो ।
सचिवमा नेविसंघकै शिल्पा थापा मगर, कोषाध्यक्षमा अनेरास्ववियुकी सुस्मिता सापकोटा, सदस्यहरूमा उदय शर्मा, शशिकला आचार्य र किरण ज्ञवाली प्रत्यक्षतर्फ निर्वाचित भएको निर्वाचन संयोजक निराजन चौधरीले बताए ।
समानुपातिकतर्फ नेविसंघका रुबी ढकाल, अखिल क्रान्तिकारीका आभास कँडेल र पूजा लामिछाने, ओमप्रकाश कँडेल अनेरास्ववियु र रविन खाम्चा मगर अनेरास्ववियूबाट सर्वसम्मत भएका हुन् ।
स्ववियु निर्वाचनको समयमा जिल्लाका क्याम्पसमा तालाबन्दी र अनशन भएपछि चैत ५ को चुनाव स्थगित भएको थियो ।
