गोरखा — मनास्लु क्षेत्रमा पर्यटक लिएर आएका पथप्रदर्शकको मृत्यु भएको छ । सोताङ गाउँपालिका-४ सोलुखुम्बुका ५४ वर्षीय सार्की शेर्पाको मृत्यु भएको हो ।
धार्चे गाउँपालिका-३ खोर्लाबेंसीमा हिँड्ने क्रममा अचानक ढलेका शेर्पाको टाउकोमा चोट लागेको थियो । धार्चे आधारभूत अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
उनी आईएनएफओ नेपाल नामक ट्रेकिङ एजेन्सीमार्फत अमेरिकी नागरिकलाई पथप्रदर्शनका लागि मनास्लु क्षेत्र जाँदै थिए ।
