गोरखा — पालुङटार नगरपालिका–९ लामगरा फाँटका कमलबहादुर कुमाल यतिबेला धान रोपाइँमा व्यस्त छन् । कुमाल सात रोपनी क्षेत्रफलको खेतमा रोपाइँमा जुटेका हुन् । उनले फागुन अन्तिम साता बिउ राखेका थिए ।
बिहीबार आली ताछ्ने/लगाउने, पानी पुर्याउन कुलो मर्मतको काममा तल्लीन कुमाल चैते धान रोपाइँका लागि ट्रयाक्टरको खोजीमा थिए । ‘गोरु लगाउन छाडेको ५/७ वर्ष भइसक्यो, ट्र्याक्टर लगाएर रोपाइँ गर्दा छिटो पनि सजिलो पनि हुन्छ,’ उनले भने, ‘रोपाहार त अर्मपर्मबाटै चलाउँछौं ।’
जिल्लामा ७ सय २५ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ । गत वर्षको तुलनामा यस वर्ष चैते धानको उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र गोरखाको अनुमान छ । यो वर्ष चैते धान प्रवर्द्धन कार्यक्रम पनि गरिएको केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए । ‘चैते धान सबै खेतमा हुँदैन, खोला छेउको फाँटमा चैते धान हुन्छ,’ उनले भने, ‘चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई उन्नत बिउ अनुदानमा उपलब्ध गराएका छौं ।’ परम्परागत धानको बिउ न्दा यो वर्ष उन्नत जातको चैते–५ किसानलाई अनुदानमा उपलब्ध गराइएको उनले बताए ।
![Chaite Paddy Planting Paddy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chitra-dhan-ropai-7-2732025024452-1000x0.jpg&w=1001&h=0)
![Chaite Paddy Planting Paddy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chitra-dhan-pic-5-2732025024512-1000x0.jpg&w=1001&h=0)