गोरखामा करेन्ट लागेर एकको मृत्यु

चैत्र १०, २०८१

हरिराम उप्रेती

One died due to electrocution in Gorkha

गोरखा — गोरखा नगरपालिका–७ मान्द्रेढुंगामा इन्टरनेटको फाइबर मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आरुघाट गाउँपालिका–६ कल्लेरीका २७ वर्षीय हरि विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

आइतबार बिहान बिजुलीको खम्बामा चढी डिस होम नेटको फाइबर मर्मत गर्ने क्रममा अचानक खम्बाबाट करेन्ट लागेर विक घाइते बनेका थिए । उनलाई उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो ।

उपचारको क्रममा विकको गोरखा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully