ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते 

चैत्र ७, २०८१

घनश्याम खड्का

Two killed, five injured in tractor accident

म्याग्दी — म्याग्दीको धवलागिरी गाउँपालिका-२ लुलाङको पाखापानीमा बिहीबार साँझ ६ बजे ट्र्याक्टर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय २१ वर्षीय पूर्णलाल सराईलीको घटनास्थलमै र १८ वर्षीय डेविन विकको ताकम स्वास्थ्य चौकीमा उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागत पौडेलले जानकारी दिए । 

धवलागिरी-१ गुर्जादेउरालीमा सामान छोडेर फर्कनेक्रममा ग १ त ७१९६ नम्बर प्लेटको ट्र्याक्टर सडकदेखि अन्दाजी सय मिटर तल खसेको थियो । दुर्घटनामा ट्र्याक्टर चालक सोही स्थानका राजकुमार सुनारसहित घाइतेहरुको धवलागिरी-७ ताकमस्थित स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully