स्याङ्जा — आजदेखि सुरु भएकाे एसईईमा स्याङ्जाबाट ४ हजार एक सय ६ जना विद्यार्थी सहभागी भएका छन् ।
४ हजार १ सय ५१ जना कुल विद्यार्थीमध्ये परीक्षामा ४५ जना सहभागी नभएकाे जिल्ला शिक्षा समन्वय समितिले जानकारी दिएकाे छ ।
जिल्लामा २५ वटा परीक्षा केन्द्र ताेकिएकाे छ । जिल्लाभर आजको परीक्षा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएकाे जिल्ला प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिए ।
