म्याग्दी — म्याग्दीको मंगला गाउँपालिका–२ स्थित मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।
क्याम्पस निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार अध्यक्षमा अनेरास्ववियुका एल्डिस पुन, सचिवमा विन्दा रोका मगर र कोषाध्यक्षमा मन्जिता बुढाथोकी निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा सजिना किसान, रामकुमारी थापा, सलोन पुन र रामकुमारी थापा निर्विरोध निर्वाचित भएका हुन् ।
