म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका क्षेत्री विजयी

चैत्र ६, २०८१

घनश्याम खड्का

Chhetri of the Navy won as the president of Myagdi multipurpose campus

म्याग्दी — म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल, कोषाध्यक्षमा अस्मिता भण्डारी विजयी भएका छन् ।

म्याग्दी क्याम्पस निर्वाचन समितिले राति तीन बजे सार्वजनिक गरेको मत परिणाम अनुसार अध्यक्षमा नेविसंघका चोखालले २ सय ८८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका दिनेश खत्रीले १ सय ९२ मत पाए । अखिल क्रान्तिकारीका सन्दीप खत्रीले १ सय ७७ मत पाएका थिए । 

त्यस्तै, सचिवमा अनेरास्ववियुका मन्जुर कटुवालले २ सय ८३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका प्रतिभा बानियाँले २ सय २७ र क्रान्तिकारीका कृष्ण सापकोटाले १ सय ४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारीले २ सय ५२ मत पाइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेविसंघकी यशु खत्रीले २ सय ३५ मत र क्रान्तिकारीकी सुप्रेना खत्रीले १ सय ६२ मत पाइन् ।

सदस्यमा प्रत्यक्षतर्फ नेविसंघका विशाल विक, सम्पूर्ण जिसी, अनुपम श्रेष्ठ, ढकबहादुर भण्डारी तथा समानुपातिकतर्फ २ सिट जितेको छ । प्रत्यक्षतर्फ अनेरास्ववियुका अविजित शाही र समानुपातिकतर्फ १ सदस्य जितेको छ । क्रान्तिकारीले समानुपातिकतर्फ सदस्यमा १ सिट जितेको छ । 

म्याग्दी क्याम्पस स्ववियु निर्वाचनमा कुल ८ सय २५ मतदाता मध्ये ६ सय ८६ मत खसेको थियो । 

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully