गोरखा — नेपाल चेपाङ संघ गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनबाट अध्यक्षमा कमान सिं चेपाङ निर्वाचित भएका छन् । शनिबार गण्डकी गाउँपालिका–६ मा भएको अधिवेशनबाट उपाध्यक्षमा अमृता चेपाङ, सचिवमा बमबहादुर चेपाङ, सहसचिवमा मदनलाल चेपाङ, कोषाध्यक्षमा सरला चेपाङ निर्वाचित बने ।
सदस्यमा धनबहादुर चेपाङ, जनक चेपाङ, बुद्धिबहादुर चेपाङ र दिलकुमारी चेपाङ निर्वाचित बनेका छन् । शनिबार नै भएको अधिवेशनबाट नेपाल चेपाङ संघ जिल्ला समन्वय समितिको गोरखा जिल्ला अध्यक्षमा भीमबहादुर चेपाङ निर्वाचित भएका छन् । उपाध्यक्षमा कल्पना चेपाङ, सचिवमा अर्जुन चेपाङ, सहसचविमा कर्णबहादुर चेपाङ, कोषाध्यक्षमा चन्द्रकुमारी चेपाङ निर्वाचित भए ।
सदस्यमा तेजबहादुर चेपाङ, बुद्धिमायाा चेपाङ, ज्ञानीमायाा चेपाङ, जगबहादुर चेपाङ र समित्रा चेपाङ निर्वाचित बनेका छन् । सर्वसम्मत रुपमा नै कार्यसमिति निर्वाचित भएको चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्द चेपाङले बताए । अधिवेशन उद्घाटन समारोहमा वाग्मती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङलगायतले मन्तव्य राखेका थिए ।
