गोरखा — धार्चे गाउँपालिकाले स्थापना दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । फागुन २३ गते बसेको कार्यपालिका बैठकले गाउँपालिका कार्यालय र अन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाको स्थापना दिवस(फागुन २७ गते) गाउँपालिकाको केन्द्र माछा खोलामा विविध कार्यक्रम गरी मनाउने पनि जनाइएको छ ।
