गोरखामा अफ्रिकन स्वाइन फिभरबाट मरे २२ बंगुर

फाल्गुन २०, २०८१

हरिराम उप्रेती

22 pigs die from African swine fever in Gorkha

गोरखा — गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २२ वटा बंगुर मरेका छन् ।

गोरखा नगरपालिका–६ र ७ को फार्ममा मरेका २२ बंगुरमा अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख अनन्त कोइरालले बताए ।

‘बंगुर मरेपछि र्‍यापिड टेस्ट किटबाट पनि तत्कालै परीक्षण गरेका थियौं, पोजिटिभ रिपोर्ट आएको थियो,’ उनले भने, 'नमुना लिएर पीसीआर विधिबाट परीक्षणका लागि पशुरोग अन्वेषण प्रयोगशाला काठमाडौं पठाउँदा पनि पोजिटिभ नै देखियो ।’ कार्यालयले रगत र फोक्सोको नमुना पीसीआर विधिबाट परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

फागुन पहिलो साताबाट बंगुरमा स्वाइन फिभरको संक्रमण देखिएको उनले बताए । 'गोरखा नगरपालिका क्षेत्रबाहेक अन्य पालिकामा भने समस्या देखिएको छैन,' उनले भने ।

बिरामी बंगुरलाई स्वस्थ बंगुरबाट अलग राख्न, खोरभित्र र वरपर जैविक सुरक्षाका विधि अपनाउन किसानलाई सुझाव दिइएको कोइरालले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully