मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस दुर्घटना, एकको मृत्यु, १४ घाइते

फाल्गुन १९, २०८१

हरिराम उप्रेती

Micro bus accident while returning from Mankamana, one dead, 14 injured

गोरखा — मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

सोमबार बिहान माइक्रो बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । मृतकको पहिचान खुल्नै बाँकी रहेको उनले बताए ।

घाइतेहरुको तनहुँस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बस सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको पनि प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully