विपन्‍नलाई बाख्रा उपहार

फाल्गुन १५, २०८१

नवीन पौडेल

A gift of a goat to Vipanna

नवलपुर — विपन्न वर्गका नागरिकका छोराछोरी आर्थिक अभावमा अध्ययन बीचमा नै छोड्नुपर्ने बाध्यता हटाउन अभिभावकलाई आयआर्जनको लागि बाख्रा प्रदान गरिएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ को बार्हकोल र बेलस्वाराका विपन्न २० परिवारलाई ४० वटा बाख्रा (पाठी) वितरण गरिएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपाल, नेपाल हिल्फे बिटिकमोको साझेदारीमा बाख्रा वितरण गरिएको हो । बालबालिकाको शिक्षाको लागि उन्नत जातका बाख्रा पालनले अभिभावकको आर्थिक अवस्थामा सहयोग पुगेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताए ।

देवचुलीको पहाडी क्षेत्रमा रहेका बालबालिकाको शैक्षिक क्रियाकलापलाई सहयोग पुर्‍याउन विगत ७ वर्षदेखि देवचुली–६ को कृतिपुर, ५ को बन्दीपुर र १६ बार्हकोल र बेलस्वारामा अभिभावकलाई आयआर्जन बढाउन शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।

हालसम्म सो क्षेत्रमा ८ चरणमा गरि १ सय ६० घर परिवारलाई उन्नत जातका ३ सय २० पाठी र ४ वटा उन्नत बोका प्रदान गरिएको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully