गण्डकी प्रदेशमा वन्यजन्तुबाट पीडित भएकालाई १ करोड १० लाख राहत वितरण

फाल्गुन ७, २०८१

प्रतीक्षा काफ्ले

10 million relief distribution to those who suffered from wild animals in Gandaki province

काठमाडौँ — गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा १ करोड १० लाख रूपैयाँ राहत वितरण गरेको छ । 

वन्यजन्तुको आक्रमणबाट भएका मानविय र अन्य क्षति गरी १ करोड १० लाख रुपैयाँ विरतण गरिएको मन्त्रालयले जनाएको छ । जंगली जनावरको आक्रमणबाट मृत्यु भएको, सख्त घाइते भएका र पशुधनबाट क्षति पुगेकालाई राहत उपलब्ध गराइएको वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले जानकारी दिए । 

राहत रकम सबैभन्दा बढी गोरखामा ३३ लाख ९० हजार ५ सय रुपैयाँ, तनहुँमा १७ लाख ६५ हजार २ सय रुपैयाँ, पर्वतमा १४ लाख ८७ हजार ५ सय, नवलपुरमा १४ लाख ५४ हजार ५ सय रुपैयाँ वितरण भएको छ । 

सबैभन्दा थोरै बागलुङमा १ लाख ८२ हजार त्यसपछि म्याग्दीमा २ लाख ८६ हजार रुपैयाँ राहत उपलब्ध गराइएको हो । लमजुङमा १० लाख, कास्कीमा ६ लाख, स्याङ्जामा ७ लाख राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ । 

मनाङ र मुस्ताङसहित एक्याप र एमक्याप भएका स्थानमा विविध कारण ढिलाइ भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार तनहुँ र नवलपुरमा जंगली जनावरको आक्रमणमा परी ज्यान गुमाएका २ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

यस्तैगरी मन्त्रालयले ६ करोड रूपैयाँ आम्दानी पनि गरेको छ । वन पैदावर बिक्री, जडिबुटी संकलन र अन्य आम्दानीबाट ६ करोड ९९ लाख ९१ हजार राजस्व संकलन गरिएको मन्त्री पौडेलले जानकारी दिए । 

मन्त्रालयले चालू आर्थिक वर्षमा ३ लाख ४७ हजार ५ सय ६६ क्यू फिट काठ र ३ सय ४७ दशमलव ८१ चट्टा दाउरा उत्पादन गरेको छ । विभिन्न सामुदायिक वनबाट ५७ हजार ९१ क्यु फिट काठ र ४९ चट्टा दाउरा बिक्री गरेको थियो । 

वन्यजन्तु संरक्षणतर्फ १ सय २४ को जिवित र २५ मृत गरी १ सय ४९ वन्यजन्तु उद्धार गरिएको छ । २ लाख १० हजार विभिन्न जातका बिरुवा पनि उत्पादन गरिरहेको छ । यस्तै, १६ हजार सतुवा र १ हजार दाँते ओखरका बिरुवा रोपिएको मन्त्रालयका सचिव जीवनाथ पौडेलले जनाए ।

प्रतीक्षा काफ्ले

Link copied successfully