भीरबाट लडेर वृद्धको मृत्यु

माघ २३, २०८१

हरिराम उप्रेती

An old man died after falling from a cliff

गोरखा — भिमसेन थापा गाउँपालिका–४ काशिखोलाका ७५ वर्षीय चुणामणी काप्रीको भीरबाट लडेर मृत्यु भएको छ । 

माघ २० गते छोरीको घर जान भनि हिँडेका वृद्ध चार दिनपछि बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । वृद्धको शव भीरबाट करिब दुई सय मिटर तल बगुवा खेतमा भेटिएको प्रहरीले जनाएको छ । 

शवको आरुघाटस्थित आरुचनौटे अस्पतालमा पोस्टमार्टमपश्चात् परिवारलाई जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully