मनाङको तिमाङ जंगलमा डढेलो नियन्त्रणबाहिर

माघ २२, २०८१

आश गुरुङ

Fire is out of control in Timang forest in Manang

लमजुङ — मनाङको चामे गाउँपालिका-१ तिमाङ गाउँभन्दा माथिको जंगलमा शुक्रबारदेखि फैलिएको डढेलो नियन्त्रणबाहिर गएको छ । जटिल भूगोल भएकाले डढेलो नियन्त्रण असम्भव देखिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।

उनका अनुसार आगलागी हिमालको फेदसम्मै पुगेको छ । करिब ३ हजार मिटर उचाइसम्म डढेलो फैलिएको उनले बताए ।

Fire is out of control in Timang forest in Manangमंगलबार सुरक्षा समितिका सदस्यहरूसहित नजिकको स्थानीयहरूसँग छलफल गरी सबै सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का कर्मचारी, स्थानीय नागरिक समेतको सहकार्यमा बस्तीनजिक अग्निरेखा निर्माण  गरिएको साथै अग्नि नियन्त्रणका लागि पानीलगायतको सामग्री सञ्चयका लागि तयारी गरिएको छ । 

Fire is out of control in Timang forest in Manangतिमाङ  बस्तीभन्दा एक/डेढ किलोमिटरमाथि आगलागी रहेको डीएसपी नरेशकुमार सिंहले बताए । हाल  डढेलो स्यार्क्यु क्षेत्रतर्फ बढेको बुझिएकाले उक्त स्थानतर्फ सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully