गोरखा — आरुघाट गाउँपालिका–९ आरुटारका ६९ वर्षीय विष्णु श्रेष्ठ बुढीगण्डकी नदीमा बेपक्ता भएका छन् ।
सोमबार साँझ भिसमेन थापा गाउँपालिका–३ स्तुल खोला दोभानबाट बुढीगण्डकीमा हामफाली बेपक्ता भएका श्रेष्ठको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
