पोखरा — कान्तिपुर दैनिककी पोखरा संवाददाता प्रतीक्षा काफ्ले बुधबार सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीबाट सम्मानित भएकी छन् । सशस्त्र प्रहरी बल बाहिनी (गण्डकी प्रदेश)को २४ ओैँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा काफ्लेलाई सम्मान गरेको हो ।
सम्मानपत्रसहित दोसल्ला ओढाएर सशस्त्र प्रहरी गण्डकी प्रदेश प्रमुख (मुक्तिनाथ बहिनीका बाहिनीपति) कुलबहादुर नेम्बाङ्गले सम्मान गरेका हुन् ।
समाचारका माध्यमबाट जनता र सशस्त्र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउन उत्कृष्ट भूमिका निर्वाह गर्नुका साथै विपद प्रतिकार्य एवं उध्दार खबर संकलन तथा प्रकाशन गरी संगठनको छवि उच्च पारेको भन्दै सम्मान गरिएको हो ।
काफ्लेसँगै एभरेस्ट एफएमका पत्रकार दीपेन्द्र श्रेष्ठ पनि सम्मानित भएका छन् ।
