गोरखामा युवक मृत भेटिए

माघ ८, २०८१

हरिराम उप्रेती

Young man found dead in Gorkha

गोरखा — पालुङटार नगरपालिका–६ स्थित बडहरे खोला नजिकै एक युवक मृत अवस्थामा भेटिएका छन् । सोमबार करिब ३५ वर्षका युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शवको पहिचान हुन सकेको छैन । 

इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का लगायतको प्रारभ्भिक अनुसन्धान सकेर शव पोस्टमार्टमका लागि गोरखा अस्पतालको शवगृहमा राखिएको छ । युवकको आँखाको माथिल्लो भागमा, दायाँ कुम र बायाँ हत्केलामा चोट देखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully