तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु भएको खुलेको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग प्र ००३–००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र मृत्यु हुनेमा आमाछोरा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जनाएका छन् ।
उनका अनुसार तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास नगरपालिका–५ पाटन बस्ने ४० वर्षीया मधुमाया आले र उनका छोरा १९ वर्षीय सन्दीप आलेको दुर्घटनामा मृत्यु भएको हो ।
सवारी चालकले नियन्त्रण गुमाई सडकको बायाँतर्फको कल्भर्टमा ठोक्किँदा मोटरसाइकल दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ ।
![A mother and son died in a motorcycle accident in Tanahun [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/messengercreation7ca6c1bc-976b-4794-9bb8-54c4442ccaa0-2112025071958-1000x0.jpg&w=1001&h=0)