बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

माघ ५, २०८१

नारायण शर्मा

Pedestrian dies after being hit by a bus

नवलपरासी — कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार साँझ मृत्यु भएको हो ।

उनी नारायणगढबाट बसमा घर नजिक आइपुगेर बाटो काट्दै गर्दा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । सदासंकर कावासोती निवासी हुन् । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully